गायक ईश्वर पोखरेलको कति बज्यो सार्वजनिक: भिडियो सहित ।

0
1173

बैशाख १६ काठमाण्डौ । भनिन्छ गीत संगीतलाई नत कुनै भूगोलले नै छेक्छ, नत कुनै परिस्थितिले नै, २०५८ साल देखि सांगीतिक क्षेत्रमा कदम बढाएका गायक इश्वर पोख्रेल विगत ७ वर्ष देखि सिड्नी बस्दै आएका छन्, जसले विभिन्न सोलो एल्वम तथा सामूहिक एल्वममा गरी झन्डै ३ दर्जन गीत गाइसकेका छन् ।
उनको केहि बर्ष पहिलाको गीत रात्तो रिबन , रात्तो रिबन बोलको गीतले गायक पोख्रेललाई चर्चमा पुर्याएको थियो।
प्रदेशमा रहेर पनि प्रत्येक बर्ष आफ्नो संगीत र गायकी मार्फत नेपाली गीत संगीतको माध्यम बाट दर्शक स्रोतामाझ आउने गरेका गायक इश्वर पोख्रेल, सोहि अनुरुप अहिले पनि आफ्नै आवाज रहेको( कति बज्यो) गीतको भिडियो मार्फत दर्शक स्रोतामाझ आएका छन् ।
उक्त गीतमा एकनारायण भण्डारीको शब्द अनि सङ्गीतमा गायक ईश्वर पोख्रेल अविरलले गाएका हुन् । आफ्नो नयाँ गीत ‘कति बज्यो’ गीतलाई । गायक पोखरेलले आफ्नै युटुब च्यानलबाट रिलिज गरेका हुन् ।
त्यसै गरी गीतको भिडियोमा वर्षा शिवाकोटी र आकाश श्रेष्ठलाई फिचरिङ्ग गरिएको छ । गीतलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् भने, रिकेश खड्काको सम्पादन रहेको छ । हाम्रो सन्ध्या टिभीको तर्फ बाट पनि गायक पोखरेललाई सफलताको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here