चैत २३ काठमाण्डौ । नेपाली लोक दोहोरी फाँटमा अलग पहिचान बनाएका लोक दोहोरी गायक तथा नेपाल लोक दोहोरी गीत प्रतिष्ठानका रुपन्देहीका अध्यक्ष दिपक गरौजा मगर अर्को लोक दोहोरी गीत( सहरको सभ्यता जानेकि गाउँको रीति सस्कृति धानेकि).गीतको भिडियो मार्फत दर्शक स्रोता माझ आउने जमर्को गर्दै छन्, सो गीतमा गायक दिपक गरौजालाई गायकीमा निरु गुरुङले साथ् दिएकी छन् । केहि दिन अघि गायक गरौजाको शहरको सभ्यता जानेकी लोक दोहोरी गीतको छायांकन काठमाण्डौको रमाइलो ठाउँ नगरकोटमा सम्पन्न भएको छ। छायांकन भएको गीतमा भने चर्चित गीतकार संगीतकार एक नारायण भण्डारीको लय शब्द रहेको छ भने, सो गीतमा लोक दोहोरी क्षेत्रका राजा निर्देशक शंकर बिसीको निर्देशन तथा अभिनय रहेको छ । अभिनयमा निर्देशक शंकर बिसीलाई मोडेल रिना थापा मगरले साथ् दिएकी छन् , त्यसै गरी यस गीतलाई दुर्गा पौडेलले छायांकन गरेका छन् ! बडा रमाइलो पारामा बनेको गीतको राम्रो प्रतिक्रिया पाउनेमा लोक दोहोरी गायक दिपक गरौजा ढुक्क छन् । यस गीतको भिडियोको बजार ब्यबस्थापन भने सीतारा म्युजिक प्रालिले गर्ने जानकारी गायक दिपक गरौजाले गराए !