गायक दीपक बराईलीको‘साह्रै राम्रो स्वभाव’बोलको गीत चर्चामा : भिडियो |

0
1083

असार ५ काठमाण्डौ | गायक दीपक बराईलीले ‘साह्रै राम्रो स्वभाव’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । मधु साश्रीको शब्द र प्रविन बराईको संगीत रहेको यस गीत मोनाली इन्टरटेन्मेन्टको ब्यानरबाट बजारमा आएको हो ।

गायक दीपकको यो सातौं गीत हो । गायक दिपक बराईली नेपालमा हुने मेला महोत्सवमा अत्यधिक उपस्थित हुने गर्दछन् |गायक बराईलीका यसअघिका गीतलाई पनि दर्शकले मन पराउँदै आएका छन् ।

गायक दीपकले यसगीतबाट दर्शक श्रोताको राम्रो प्रतिक्रिया पाउनेमा आशावादी रहेको बताए ।

‘दर्शक श्रोतालाई पक्कै मन पर्नेछ, आशा लिएको छु, साथै जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहुन अनुरोध गर्छु’, दीपकले भने । उक्त गीतको भिडियोमा गायक दीपक सँगै नायिका नम्रता सापकोटाको अभिनय छ ।

भिडियोमा दीपकले नम्रताको स्वभाव राम्रो लागेको बताएका छन् । गीतको भिडियो फराज अर्पले छायांकन, निर्देशक तथा सम्पादन गरेका हुन् । हेरौं भिडियो …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here