गायक ध्रुब बिस्को’को ‘मनका कुरा मनै रैग्या’को भिडियो चर्चामाः मनै रुवाउने गीत हेरौं भिडियो ।

0
132

गायक ध्रुब बिस्को’को(डिट पडीजाऊ)गीतको सफलता पछि गायक ध्रुब बिस्को,को (‘मनका कुरा मनै रैग्या’को भिडियो सार्वजनिक गरिएको छ । त्यसो त पछिल्लो समयमा गायक बिस्को चलचित्रमा रुचाइएका गायक हुन्,उनको जोकर फिल्म’मा रहेको (जिरो फिगर) गीत सर्वाधिक रुचाइएको गीत हो ।

उनको नेपालमा हुने सांगीतिक कार्यक्रममा पनि बाक्लो उपस्थिति रहने गर्दछ । अहिले भने उनले ( ‘मनका कुरा मनै रैग्या’) को एकदम मार्मिक
पश्चिमेली गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

गीतको भिडियोमा गायक स्वयम् ध्रुब बिस्कोले निर्देशन गरेका हुन् भने गीतको भिडियोमा दिनेश डिसी, पुष्प खड्का, रश्मी भट्ट, सारदा गिरी, रमेश केशी, ईन्द्र दोङ, मनिषा थापा, करिना श्रेष्ठ, बिनोद परियार, मनिषा खड्काको साथमा बालकलाकार सिमोन रिजाल’को अभिनय रहेको छ ।

जात भातका कारण’ले अझै पनि समाजमा प्रेमि जोडीले भोग्नु परेको समस्यालाई देखाइएको छ । भिडियोमा चक्र बि बरालको छायांकन र डिन्सोन शाहको सम्पादन रहेको छ । भिडियो हेर्नुहोस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here