साउन ३१ काठमाण्डौ | धेरै नेपाली को बाध्यता बिदेशीनु पर्नी पिडा, साहु को रिन बोकेर बिदेशीएका दाजु भाइ का श्रीमती ले पसिनाको मूल्य नै नबुझ्ने र बुडो बिदेश बाट आउदा श्रीमती नै धन सम्पति कुम्लाएर अर्कोइ संग हिडेको समाचार सुनी रहदा बिगत लामो समय बाट परदेसी का कथा बेथा लाइ समेटिएर तयार पारेको गीत तेरी स्वास्नी भाग ५ बजार मा आएको छ । ऋण धन खोजेर घरबारी बन्दकी राखेर परिवार को सफल भबिस्य को खोजिमा श्रीमती छोरा छोरि सहरमा मा राखी बिरानो मुलकमा कामको खोजि जाने गरेको तितो यथार्थ हाम्रो समाजमा रहेको छ ।
परदसिएकाका श्रीमती अर्कै केटा सँग पल्कने, दुख गरेर कमाएको पोइसा मोज र मस्ती मा उढाउनि गरेका सत्य घटना हाम्रो समाजमा धरै हेर्दै र भोग्दै आएका छौं । यस्तै वर्तमान परिस्थिथि लाइ कथा बस्तु लाइ समेटी हरेक बर्ष आफ्नो गीत सङीत बाट सन्देश दिदै आएका गाएक नमराज पान्डेय ले यसपाली पनि तेरि स्वास्नी भाग ५ बजारमा आएको छ । श्रीमती बिग्रेको र घरबार नै तसनस भएका घटना सुन्दा परदेसी दाजु भाई को मन चसक्क हुन सक्छ तर यो सत्य घटना हो । यसपाली कान्छी श्रीमती बिहे गर्दा को पीडा कथा सहित समाबेस गीत समय सान्दभिक र संदेशमुलक गीत बनाएको गाएक पान्डे ले बताए ।
प्रस्तुत गीतमा नमराज पाण्डे, पुनम सुनार र प्रतिमा अर्यालको सुमधुर स्वर सुन्न सकिन्छ । गायक नमराज पाण्डे कै लय तथा शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियोमा सबिता गुरुङ, सरस्वती फुयाल, पप्रिया कंडेल, राज न्यौपाने, निशान पाण्डे र स्मृति पाण्डेको रोमान्चक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन तथा छायांकन दुर्गा पौडेल र सम्पादन सुजन शाहीले गरेका छन् ।