गायक पुस्कर सुनुवारको मार्मिक गीत (हाँसी राख्ने मान्छे पनि) भिडियो सार्वजनिक।

0
2017

चैत २२ काठमाण्डौ। चर्चित गायक संगीतकार पुस्कर सुनुवारको मार्मिक गीत (हांसी राख्ने मान्छे पनि) बोलको गीतको भिडियो सार्वजनिक भएको छ ! बहु प्रतिभाका धनि गायक, संगीतकार, एरेन्जर, पुषकर सुनुवार फेरी (हांसी राख्ने मान्छे पनि) गीतको भिडियो मार्फत दर्शक स्रोता माझ आएका छन् ! बहु प्रतिभाका धनि मानिएका गायक पुस्कर सुनुवार गाउन मात्र नभई गीतलाई संगीत गर्ने, संगीत संयोजन गर्ने पनि गरिरहेका छन् ! यस गीतलाई केदार सुनुवारले रचना गरेका हुन् भने ,यस गीतलाई संगीत, संगीत संयोजन गायक स्वयम् पुस्कर सुनुवार आफैले गरेका हुन् , यस गीतको भिडियोलाई छायांकन तथा सम्पादन मोहन सुनुवार( नबिन)ले गरेका छन् ! यस भिडियोलाइ सन्ध्या म्युजिक प्रालिले बजारमा ल्याएको छ ! यस गीतले अहिले युट्युबमा चर्चा कमाइरहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here