गायक पुस्कर सुनुवार र गायिका पारु रंजित’को संयुक्त प्रस्तुति-(आयो है तिहार) देउसी र भैलो गीतको भिडियो सार्वजनिक |

0
1323

कार्तिक १५ काठमाण्डौ | गायक पुस्कर सुनुवार र गायिका पारु रन्जितले तिहारको माह्वललाई मध्ये नजर गर्दै नेपाली गीत संगीत प्रेमीहरुका लागी(आयो है तिहार)देउसी र भैलो गीत सार्वजनिक गरेका हुन् | बडा सुमधुर पारामा गाईएको गीतको भिडियो पनि बडा दमदार बनेको छ |

देउसी भैलो गीतलाई किरण के उप्रेतीले रचना गरेका छन् भने संगीत/संगीत संयोजन गायक/ संगीतकार पुस्कर सुनुवारले’नै गरेका छन् | पछिल्लो समय सिंगापुर र थाईल्याण्डमा भएको बक्स अफिस म्युजिक अवार्डमा गायक संगीतकार पुस्कर सुनुवार’ले सर्बोत्कृष्ट गायक’को अवार्ड जितेका थिए भने, गायिका पारु रन्जितले बक्स अफिस म्युजिक अवार्डमा सर्बोत्कृष्ट तीज गायिका अवार्ड र सर्बोत्कृष्ट तीज गीत अवार्ड जितेकी थिइन् |

अहिले भने गायक पुस्कर सुनुवार र गायिका पारु रन्जितले माह्वल अनुसार देउसी भैलो गीतको भिडियो सार्वजनिक गरेका हुन् |उक्त गीतमा कजिश श्रेष्ठ’को निर्देशन, मोहन सुनुवार (नबिन)को भिडियो सम्पादन,अजय रेग्मीको छायांकन रहेको छ भने,अभिनयमा कजिश श्रेष्ठ,मनु मगर,केशब बिश्वकर्मा, प्रमिला पुन ,रेश्मा बोम्जन, तथा टीमको रहेको छ | उक्त गीतको अडियो भिडियोलाई मेलोडी नेपाल प्रोडक्सनले बजारमा ल्याएको छ | chiranjivi bhandari

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here