गायक पुस्कर सुनुवार र गायिका नुना सुनुवारको मायामा लप्पन,छप्पन भएपछि !

0
1605

फागुन १२ शनिबार काठमाण्डौ ! गायक संगीतकार पुस्कर सुनुवार र गायिका नुना सुनुवारको बहु प्रतिक्षित ( तिम्रो माया लप्पन छप्पन) बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ! गीतकार केशबराज रसाइलिको शब्दलाई चर्चित गायक पुस्कर सुनुवारले संगीत, अरेन्ज तथा आवाज दिनु भएको छ भने, गायकीमा गायिका नुना सुनुवारले साथ् दिनु भएको छ ! यस गीतलाई ऑल ईन वन डान्स ग्रुपले निर्देशन तथा अभिनय गरेको छ !, साथमा चर्चित मोडेल रक्षा श्रेष्ठको पनि यस गीतमा अभिनय रहेको छ ! यस गीतलाई छायांकन केशब राज रसाइलीले गर्नु भएको छ भने ,यस भिडियोलाई मोहन सुनुवार नबिनले सम्पादन गर्नु भएको छ ! यस गीतको भिडियो काठमाण्डौको रमणीय स्थल गोदावरी र बालकुमारीमा छायांकन भएको थियो, यस गीतको म्युजिक भिडियो रमाइलो पाराको बनेको दाबि गरेका छन् ऑल इन वन डान्स ग्रुप , गीत रोमान्टिक पाराको भएको कारण काम गर्न पनि मजा आयो अहिले यस गीतको भिडियो सामाजिक संजाल यु ट्युबमा चर्चामा छ ! यस गीतलाई सन्ध्या म्युजिक प्रालिले बजारमा ल्याएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here