गायक पुस्कल शर्माको प्रेम भयो, पिरतीको कहानी !

0
1296

काठमाण्डौ ! चर्चित लोक दोहोरि गायक पुस्कल शर्माको अत्यन्तै मार्मिक दोहोरि( गीत पिरतीको कहानी) गीत बजारमा आएको छ ! गायक पुस्कल शर्मालाई चर्चित गायिका पूर्णकला बिसीले साथ दिएकी छन् ! यस गीतलाई प्रकाश दर्नाल शितलले रचना गरेका हुन भने ,संगीत पनि प्रकाश दर्नालकै रहेको छ ! यस गीतमा रामेछापका सुदिप नारायण श्रेष्ठले एकदम मेहनत र लगनका साथ अभिनय गरेका छन्, अभिनयमा उनलाई जुन्मायाँ गुरुङले साथ् दिएकी छिन् ! त्यसोत सुदिप नारायण श्रेष्ठले आधुनिक लोक दोहोरी गीत गरी एक दर्जन भन्दा बढी गीतमा आफ्नो अभिनय कला देखाएर दर्शकको मन जितिसकेका छन् ! उनि स्वयम् आँफैले पनि लय तयार पार्ने बहु प्रतिभाका धनि सुदिप नारायण श्रेष्ठले अहिले पिरतिको काहानि, पुस्कल शर्माको आवाजमा सुदिप नारायण श्रेष्ठ स्वयम् आफैंले अभिनय गरेको ( पिरतीको कहानी) बजारमा ल्याएर दर्शक स्रोताको मन जितेका छन ! यस गीतको भिडियोलाई बिनोद गुरुङले निर्देशन गरेका छन् भने ,यस गीतलाई बाशु बरालले छायांकन गरेका छन् र यस गीतको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन , यस गीतलाई म्युजिक नेपालबाट अपलोड गरिएको छ ! छोटो समयमानै यस गीतले दर्शक स्रोताको मन जित्न सफल भएको दाबी गर्दछन् मोडेल सुदिप नारायण श्रेष्ठ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here