गायक प्रमोद तत्मा किन बने ? प्रमोद जख्मी : उनको दर्द भरा काहानी उनकै आवाजमा |

0
1022

पुष २० काठमाण्डौ | गायक प्रमोद जख्मी”का परिवारमा बुबाआमा,२ दाई १ दिदी र आफु गरि ६ जनाको परिवारको कान्छा छोरा हुन् गायक प्रमोद उनि एउटा गरिब परिवारमा जन्मे हुर्केका प्रतिभाका धनि गायक हुन् उनको परिवारमा सबैको बिहे भइसके छ । उनि आफ्नो दुख भरी यथार्थ सन्ध्या टिभी लाई यसरि सुनाउन छन् < म सानै उमेरदेखिनै गित गाउँदै हिड्ने बाटोमा बाटोमा,जब स्कुल जान लागे तब स्कुलमा पनि हरेक शुक्रबार गीत गाउदा मैले पुरस्कार पनि पाउँथे,यसरी मेरो दिनहरु बितिरहेको थियो| एक दिन शुक्रबार गित गाउदै थिए । गित गाएर एउटा कसम खाए साथीहरुलाई भने हेर्दै गर तिमीहरु म एक दिन ठुलो गायक हुन्छु । र भोजपुरी लालीपप लागेलु"का गायक पवन सिह सँग भेट पनि गर्नेछु यो कसम खाए,किनकी म पवन सिंह'को मात्र गित सुन्थे,म सानैउमेरदेखि पवन सिंह"को फ्यान थिएँ | जब म कक्षा 6 पढ्न बाहिर अन्त्य स्कुलमा जानु पर्यो म फतेपुर स्कुल पुगे पढाइ निरन्तर चलिरहेको थियो मैले मेरै गाउँ कि एउटी केटीलाई मन पराउँथे|म फतेपुर स्कुल पुगे झन माया बढ्दै गयो । मैले उसलाई मन पाराको छु भन्ने कुरा उसलाई थाह भइसकेको थियो साथीहरूबाट म डराई डराई प्रोपोज पनि गरे तर उसले मलाई धेरै गाली गरिन म धेरै दुखी भए | त्यो दिन देखि मेरो हाँसो 2/3 महिनाको लागि खोसियो,त्यो केटी मेरै गाउँमा बसाई सरेर आएकी थिइन् म उसको घरतिर घुम्न प्रत्येक दिन जान्थे उनि मलाई हेर्थिन मेरो अनुहार हेरेर उ पनि दुखी हुन थालिन,पछुताउन थालिन र मलाई लेटर लेखी लव यु टु भनिन,म खुशी भएँ | तर मेरो गाउँमा पुरा मधेसी बस्थे अशिक्षित थिए कोईकोई मात्र पढेलेखेका थिए । लभ लाई पुरा नेगेटिभ रुपमा हेरिन्थ्यो र अहिले पनि हेरिन्छ। माया परेर म आफ्नो लक्ष्य बिर्से मैले लाईनै आफ्नो लक्ष्य माने जब कक्षा ९ मा पुगे एउटा हामि बिच मनमुटाव भयो उनी बोल्नै छाडिन । एक दिन म लेटर लेखी दिन खोजे ताकी उले फेरि म सँग माया गरोस भनेर जब दिन खोजे पढन जाने बाटोमा तब उसको दाई देख्यो अनी विवाद सुरु भयो पंचायतनै बस्यो अनि ३ गाउको मान्छेको बिचमा मलाई छोडिन म यो संग माया गर्दैन भनेर| आफन्तको डरले उसको बिहे भयो उनि गईन मलाई छोडेर | त्यस पछि म झन् जख्मी भए त्यसपछि म आफ्नो लक्ष्य संगीतलाई ठाने र अब मेरो जिन्दगी संगीतनै भएको छ| र उनका साथीहरुले पनि उनलाई तिमि रियल जख्मी हौ भन्न थाले |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here