भाद्र १ काठमाण्डौ | बिगत १० बर्ष देखि निरन्तर नेपाली गीत सांगीतिक क्षेत्रमा आफ्नो गायन मार्फत सांगीतिक फाँटमा आफ्ना चर्चित गीतहरु हरु नेपाली गीत संगीत दर्शक स्रोताम माझ पस्कि सकेका गायक प्रेम सेन”का बर्षेनी आधुनिक तथा राष्ट्रिय भावका गीतहरु बजारमा आउने गर्दछन् | बास्तवमा भन्ने हो भने,गायक प्रेम सेनका
१ थाहा छैन मैले जिते या हारें
२ तिम्रो पाउजु
३ मद्होशी भएँ
४ सानी
५ तिम्ले लाको चौबंदिको
जस्ता गीत नेपाली गीत संगीत बजारमा हिट छन् |अहिले भने उने राष्ट्रीय भाव बोकेको (मेरो शिरको टोपी) बोलको गीत बजारमा ल्याएका छन् | उक्त गीतमा चर्चित संगीतकार हरि लम्साल’को संगीत/एरेन्ज,संचारकर्मी नरेश भटराई’ को शब्द,तथा गायक प्रेम सेनको गायकी रहेको छ | गीतको भिडियोमा गायक प्रेम सेन आफै देखिएका छन्|उक्त गीतको भिडियोलाई मेलोडी नेपालको युट्युब च्यानल बाट अपलोड गरिएको छ | हेरौं भिडियो|