माघ १४ आइतबार काठमान्डौ ! ओखलढुंगा गायक बलबहादुर बाहिङ बाहिङ भाषाकोपहिलो गीति एल्बम( एमा) अर्थात आमा बजारमा ल्याएका छन् ! यस गीति एल्बम एमा बाहिङ किरांत मलुखिमले किरांत नयाँ बर्षको अवसरमा एककार्यक्रमबीच बाहिङ भाषाको गीति एल्बम (एमा) अर्थात आमाको सार्वजनिक गरिएको गायक बबहादुर बाहिङले जानकारी दिए ! पछिल्लो समयमा हराउंदै गएको आफ्नो ईतिहांस बोक्ने बाहिङ किरांत भाषा संस्कार र संस्कृतिप्रति युवा पुस्ताको आकर्षण होस् भन्ने धाराणाले बाहिङ भाषा एल्बम निकालेको गायक बलबाहादुर बाहिङले बताए ! यस एल्बममा दुर्गा रुम्दालीले शिर्ष गीत एमा र बलबहादुर बाहिङले अन्य पांच वटा गीतको शब्द रचना गरेका छन् ! यस एल्बममा बल बहादुर बाहिङ,करुणा बाहिङ,सोनिया बाहिङ,र संगम बाहिङको स्वर रहेको छ ! यस एल्बमको सम्पूर्ण गीतमा गायक स्वयम् बल बाहादुर बाहिङको शब्द संगीत रहेको छ,भने यस एल्बममा जम्मा ६ वटा गीत समाबेश छन ! जसमा चर्चित गायक, संगीतकार, अरेंजर पुस्कर सुनुवारले ५ वटा गीतमा संगीत संयोजन गरेका छन् भने, १ गीतमा आमोश तामाङले संगीत संयोजन गरेका छन् ! पछिल्लो समय मातृभाषाको गीत प्रति समुदायको चासो घट्दै गैरहेकाले गीत संगीत मार्फत ति समुदायको ध्यानाकर्षण गर्नको लागि समेत यो एल्बमले महत्व पूर्ण भूमिका खेल्ने दाबि गरेकाछन् गायक बलबहादुरले !
र सोहि कार्यक्रम बीच एल्बम बेचेर संकलन भएको पैसा एम्बुलेन्स खरिदका लागि दिने घोषणा पनि सोहि कार्यक्रमबीच गायक बलबहादुर गरे !एल्बम बिक्रि भए बापतको रकम बाहिङ किरांत मुलुखिमले खरिद गर्न लागेको एम्बुलेन्स खरिदका लागिका लागि दिने घोषणा गायक बाहिङले घोषणा गरेका छन् ! बाहिङ समुदायको एक मात्र सामुदायिक संस्था बाहिङ किरांत मुलुखिमले खरिद गर्न लागेको एम्बुलेन्सका लागि गायक बाहिङ एल्बम बिक्रि बाट आएको सम्पूर्ण रकम दिने घोषणा गरेका हुन् ! उनले गीति एल्बम सार्वजनिक कार्यक्रममै यस्तो घोषणा गरेका हुन् ! उनि बाहिनङ किरांत मुलुखिमको सांस्कृतिक बिभाग प्रमुख समेत छन् !