बैशाख ९ काठमाण्डौ । धेरै समयबाट सांगीतिक क्षेत्रलाइ माया गरी परदेशमा रहेपनि सांगीतिक क्षेत्रमा लागि परेका गायक संगीतकार महेश भण्डारीले अहिले (हर चिज बदलिएछ) गीतको भिडियो मार्फत पुन; एकपटक दर्शक स्रोतामाझ आएका छन् । त्यसो त उनि बहु प्रतिभाका धनि गायक हुन उनका राम्रा राम्रा गीतहरु युट्युब मार्फत हर्न सकिन्छ । धेरै समयको ग्याप पछाडी उनले मनै रुवाउने हरचिज बदलिएछ गीत दर्शक स्रोता माझ ल्याएका छन् ।यस गीतलाई गीतका पनि डाक्टर गीतकार कृष्ण हरी बरालले रचना गरेका हुन् भने, संगीतकार गैरे सुरेशले संगीत गरेका हुन् त्यसै गरी आमोश तामाङ्गले संगीत संयोजन गरेको गीतमा गायक महेश भण्डारीले आफ्नो सुमधुर आवाजमा गाएका छन् । उक्त गीतको भिडियोलाई छायांकन तथा भिडियो सम्पादन बिष्णु खड्का आर्यनले गरेका छन् यस गीतको मिक्सिंग मास्टरिङ कृष्ण कुमार महर्जनले गरेका छन् । गीतको भिडियोलाई av नेपालको आफ्नो युट्युब च्यानलमा अपलोड गरीएको छ ।,उक्त गीत अहिले युट्युबमा चर्चामा छ ।