गायक राजेश बर्देवा आहा!साइली” बोलको गीत को भिडियो सार्वजनिक

0
785

चैत १२ काठमाण्डौ ! लोक दोहोरीबाट नेपाली गित सांगीतमा साधना गर्दै प्रबेश गरेका गायक राजेश बर्देवा बहुप्रतिभाका धनि सशक्त गायक हुन् । नेपालमा हुने मेला महोत्सवमा पनि एकदम बाक्लो उपस्थिति जनाइरहेका गायक बर्देवाले यतिबेला “आहा!साइली” बोलको लोक पप बिधाको डानसिङ्ग गीतको भिडियो लिएर आएका छन, लोक दोहोरीको फाँटमा आफ्नो बर्चस्व जमाइसकेका गायक बर्देवाको लोकपप बिधाको यो उनको पहिलो गीत हो । दोहोरी गीत गाइरहेका गायक लोकपप विधाको गीत गाएर जस्तो सुकै गीत गाउने खुबी आफुमा भएको प्रष्ट पारेका छन्!निकै रमाइलो रोमान्टिक गीत “आहा!साइली”को यति बेला बजारमा चर्चा भइरहेको छ । यो गीत निकै फरक र रोमान्टिक पनि भएकोले सर्बाधिक चर्चा बटुल्ने अनुमान समेत गरेका छन् गायक बर्देवा ।
माया जालमा पार्यो मायाले ,बोर भयो मायालु गितार बजाइदेउ ,मत सानू बिरानो गाउको हो ,घुम्ती नीर सिसाको ऐना , लगायत उनले दर्जनौ गीत मा आबाज दिएका छन भने राजेश पछिल्लो समय विभिन्न मेला महोत्सबका स्टेज कार्यक्रममा पनि उनको निकैने धेरै उपस्थिति रहेको छ।
उनी एउटा कलाकारको साथमा कुशल कार्यक्रम उद्घोषक समेत भएकाले पनि कार्यक्रमहरुमा उनको माग र ब्यस्तता बढेको हो । उनी करिब पाँच बर्ष सञ्चारमाध्यममा सञ्चारकर्मी पनि रहेका थिए भने, उनी बिज्ञानको बिधार्थी पनि भएकोले शिक्षक पेशामा पनि आबद्द थिए। त्यसैले उनलाई बहु प्रतिभाका धनि कुशल गायक भन्दा फरक नपर्ला !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here