गायक शशि विक्रम थापाको आवाजमा`आउन कान्छी´बोलको गीत सार्वजनिक …….

0
95

एक दशकदेखि नेपाली कला सङ्गीत क्षेत्रमा सक्रिय गायक शशि विक्रम थापाको आवाजमा `आउन कान्छी´ बोलको गीत सार्वजनिक भएको छ । सङ्गीतकार सालिकराम घिमिरेको सङ्गीत रहेको गीतलाइ युट्युवमार्फत सार्वजनिक गरिएकाे हो । अभिषेक श्रेष्ठ तथा रेविका गुरुङले अभियनय गरेकाे भिडियाेका साथ आएकाे “आउन कान्छी” गीतलाइ धेरैले प्रशंसा गरेका छन् ।

गीतकाे फरक शैलीलाइ धेरैले मन पराएका छन् भने म्युजिक भिडियाेलाइ पनि मन पराइएकाे छ । “आउन कान्छी” गीतकाे शब्द पनि गायक शशिविक्रमले नै लेखेका हुन् । म्युजिक भिडियाेलाइ निशान कश्यपले निर्देशन गरेका छन् । युट्युवमा धेरैले गीत मनपराएकाे कमेन्ट गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here