साउन 7 काठमाण्डौ । एक समयका चर्चित हस्ती बरिष्ठ गायक/ संगीतकार शिशिर योगीले ,सारंगी रेटे पनि ,हास्न लाइ ओंठ खोले, जस्ता बिबिन्न चर्चित गीतहरु नेपाली सांगीतिक प्रेमीहरुका लागि दिई सकेका छन् ।
उनै गायकले अर्को मनै रुवाउने गीत गाएका छन् । ईश्वरी प्रसाद रिजाल (उल्कापात)को शब्द ,प्रभात सुबेदीको (अर्धब्यास)को संगीत ,तथा सुदीपको संगीत संयोजन’मा गायक शिशिर योगीले (चरी बनि उडी गैईन) मार्मिक गीत गाएका हुन । धेरै समय पछि यत्तिको मार्मिक गीत गाएकोमा खुशी ब्यक्त गरेका छन् ।
गीतको भिडियोलाई छायांकन र सम्पादन मोहन सुनुवारले गरेका छन् । गीतको भिडियोलाई संगीतकार प्रभात सुबेदी अर्ध ब्यासले निर्देशन गरेका हुन । गीतको भिडियोमा गायक ,गीतकार ,संगीतकार वहाँ हरुको आफ्नै अभिनय रहेको छ ।गीतको भिडियोलाई मेलोडी नेपालले बजारमा ल्याएको छ ।