साउन २४ काठमाण्डौ | गायक संगीतकार तेज प्रसाद अर्याल (तेजु)ले साउनको महिनालाई मध्ये नजर गर्दै यस पाली भगवान शंकरलाई डेडीकेट गरी शंखको ध्वनि बोलको भजन सार्वजनिक गरेका छन् |
गायन तथा संगीतमा अब्बल मानिएका गायक/ संगीतकार अर्याल’ले यस भन्दा अगाडी सयौं गीतहरु सांगीतिक फाँटमा ल्याईसकेका छन् भने, यस पाली अरु आधुनिक गीत लगायत तिन वटा भजन ल्याउने क्रममा सर्व प्रथम भगवान शंकर’को भजन शंखको ध्वनि बजारमा ल्याएका हुन् |
बिगतका उनका गीतहरु ,जुन माटोमा, राष्टिय गीत ,राम्री छौ र त, आधुनिक गीत, हर साँझमा , दुख्दा मेरो छाति ,गजल , गीत लगायतका गीतहरु उनका चर्चित गीतहरुहुन् |
अहिले सार्वजनिक भजनमा शब्द’/संगीत/ तथा स्वर गायक अर्याल’कै रहेको छ भने ,उक्त भजनलाई संगीत संयोजन पुस्कर सुनुवारले गरेका छन् | त्यसै गरी भजनको भिडियोमा मोहन सुनुवार’को छायांकन रहेको छ | उक्त भजनको भिडियोलाई मेलोडी नेपालले बजारमा ल्याएको छ |