गायक, संगीतकार थानेश्वर गौतम र लाली बुढाथोकीको (धानको चुली मकैको सुली) गीत’को भिडियो सार्बजनिक

0
46

सुमधुर स्वरका धनी गायक, संगीतकार तथा सर्जक थानेश्वर गौतम र लाली बुढाथोकीको स्वरमा रहेको धानको चुली मकैको सुली बोलको गीत सार्बजनिक भएको छ । ग्रामिण क्षेत्रको लोकलयलाई समाबेश गरि नेपाली संस्कति र प्रेममा आधारीत धानको चुली मकैको सुली, लाईदेउ माया नबोली, नबोली बोलको गीत सार्वजनिक भएको हो ।

लोक भाकाको मौलिकपन झल्कीने गरि तयार पारिएको गीतमा गायक स्यंमकै लय, प्रभा बतौलाको शब्द तथा राजन ईशानको संगीत संयोजन रहेको छ भने भिडियोमा नायिका तथा मोडल केकी अधिकारी र नायक पुष्प खड्काको प्रेमको कथालाई समेटेर प्रकाश भट्टले निर्देशन गर्नुभए छ ।

नेपाली शास्त्रीय गायनमा मौलिक तथा नयाँपनको प्रभाब जमाउदै नेपाली संगीत बजारमा पञ्चेवाजा, रोईला, सालैजो, गजल तथा चलचित्रका गीत भजन लागाएतका सबै प्रकारका गीतमा सफल गायक तथा सर्जक गौतमले लोक तथा आधुनिक गीतमा सुमधुर आबाजकी धनी गायिका बुढाथोकीले बजारमा ल्याएको गीत धानको चुली मकैको सुली गीत बिहानी डिजिटल म्युजिक मार्फत युट्युवमा सार्बजनिक गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here