गायक संगीतकार सुधिर अधिकारीको निर्देशनमा (यो दुनियामा)को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

0
1748

चैत १७ काठमाण्डौ । दाङ लमहीमा रहेर पनि सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक संगीतकार सुधिर अधिकारी पुन; (यो दुनियामा) गीतको भिडियो मार्फत दर्शक स्रोता माझ आएका छन् । त्यसो त गायक संगीतकार सुधिकार अधिकारी सन्ध्या टिभीलाइ अन्तर्वार्ता दिने क्रममा भन्छन म २०६२ सालमा लमहीमा स्नाकोत्तर देउखुरी बहुमुखी क्याम्पस स्थापना गरी क्याम्पस प्रमुखको पदमा कार्यरत हुन पुगे ,गीत संगीत तर्फको संगत पूर्ण रुपले छुट्न पुग्यो, क्याम्पस प्रमुखको चार बर्षे कार्यकाल सकिए पछि पुस्तक लेखनमा चार बर्ष बिताए र तिन बर्षे एबम चार बर्षे बीबी एसका अर्थ साश्त्रका ३ वटा पुस्तक प्रकाशन गरे पुन: दोस्रो पटक क्याम्पस प्रमुखको पद सम्हाल्दै गर्दा पनि सांगीतिक क्षेत्रमा आबद्ध हुन नपाए पनि दोस्रो पटक क्याम्पस प्रमुखको कार्यभार सम्हाले एक वर्ष बितेपछि अर्थ साश्त्रमा एम फिल अध्यन कोटामा नाम निकाल्न सफल भएपछि त्रिभुवन विश्वबिद्यालयमा अध्यन गर्ने क्रममा काठमाण्डौको निरन्तर बसाइले गीत संगीत तर्फको झुकाव बढ्दै गयो। २०७२ सालमा आफ्नै शब्द रचना र संगीतमा ( आँखामा तिम्रो छलकेको माया) मा स्वर दिएर मैले पुन: सांगीतिक क्षेत्रमा कदम बढाए आँखामा तिम्रो म्युजिक भिडियो बजारमा आए पछि करिब २० बर्ष पछि आफ्नो गायकी संगीत अभिनय र निर्देशकीय यात्रालाई निरन्तरता दिंदै २०६३ कार्तिक सम्म ६ महिनाको अवधि सम्म मैले टाढा टाढा ,नाइँ नाइँ नभने मायाले ,मलाइ रुवाएर ,कस्तो यो बन्धनमा गरी ४ वटा म्युजिक भिडियोको निर्देशक र मोडेल को रुपमा समेत आफुलाई चिनाउदै गएँ भने एउटा शर्ट मुभी(वास्तव)मा समेत नायक तथा निर्देशकको रुपमा आफुलाई प्रस्तुत गरे । मेरो संगीतमा सुरेश अधिकारी ,लोचन भटराई ,राज सिग्देल ,रीता केसी लगायतका गायक गायिकाले स्वर दिई सकेका छन् अब मैले आफ्नै स्वरमा नया गीतहरु बजारमा ल्याउने तयारी गरीरहेको छु ! र मेरा २०५७ सालमा रेकोर्ड भएका गीतहरुको म्युजिक भिडियो बजारमा ल्याउने पनि तरखरमा छु भन्छन गायक संगीतकार तथा निर्देशक सुधिर अधिकारी ।, वास्तवमा अनेक प्रतिभाका धनि भन्दा फरक नपर्ला गायक संगीतकार सुधिर अधिकारीलाई ,अहिले उनि देउखुरी बहुमुखी क्याम्पसमा उपप्राध्यापकमा आबद्ध रही ज्योतिश्मति बिध्यापीठमा प्लानिङ्ग निर्देशकको रुपमा कार्य गर्दै आइरहेका उनि टीचिङ्ग पेशा संगसंगै गाउनमा र संगीत गर्नमा पनि ऊतिकै माहिर गायक संगीतकार सुधिर अधिकारी केहि समय पहिला उनको शब्द संगीत तथा स्वर रहेको (न सक्छु तिमीलाई मेरी हौ भन्न) बोलको गीतले पनि बजारमा राम्रै चर्चा कमाएको थियो ,सो गीतमा चर्चित नायिका केकी अधिकारी संग गायक संगीतकार सुधिकार अधिकारीले अभिनय गरेका थिए । ,अहिले भने यो दुनियामा मार्मिक गीत लिएर दर्शक्माअझ आएका छन् गायक संगीतकार सुधीर अधीकारी ।,यस गीतमा आवाज गोबिन्द मधुर आचार्यको रहेको छ भने, यस गीतलाई रचना तथा संगीत राजु शाहीले गरेका हुन् ! यस गीतको भिडियोलाई बाशुदेव नेउपानेले छायांकन गरेका छन् ,त्यसै गरी यस गीतको भिडियोलाई गायक संगीतकार सुधिर अधिकारीले नै निर्देशन गरेका हुन् । गीतको भिडियोमा सुधिर अधिकारी ,ममता डिसी ,राजु शाही सनम पौडेल ,गुरु प्रसाद कोइराला ,गणेश बुध ,कृष्ण क्षेत्रि ,बिक्रम, ईश्वर ,प्रमोदको अभिनय देख्न पाइन्छ । यस गीतको भिडियोलाई माइक्रो लिंक मुभिज दाङ्गले पोष्ट प्रोडक्सन गरेको छ ,अहिले यस गीतको भिडियो युट्युबमा चर्चामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here