गायक सन्जिब बस्नेतको (ठोक्किए छ, यो मेरो मन ) गीतको छायांकन सम्पन्न ।

0
1380

बैशाख १७ काठमाण्डौ । नब गायक तथा बहु प्रतिभा भएका मिठो स्वरका धनि गायक सन्जिब बस्नेतको नया गित “ठोक्किएछ यो मेरो मन बुट्टे चोलीमा,जादु रैछ जादु रैछ ज्यानै लुट्ने तिम्रो बोलीमा” को म्युजिक भिडियो छायांकन समाप्त भएको छ । त्यसो त उक्त गीतलाइ गायक सन्जिब बस्नेतले विभिन्न मेला महोत्सवमा गाएर तमाम दर्शक स्रोताको मनमा बसाली सकेका छन् ।

गायक सन्जिब बस्नेत गायकी संग संगै मेला महोत्सव सांस्कृतिक कार्यक्रममा कार्यक्रम संचालकको रुपमा पनि कार्य गर्दै  आएका बहु प्रतिभाका धनि गायक हुन् सन्जिब बस्नेत । गायक बस्नेतको ठोक्किएछ यो मन मेरो बुट्टे चोलीमा गीतलाइ बिनोद बन्जाराले रचना गरेका हुन् भने, गायक संगीतकार रमेश श्रेष्ठले संगीत गरेका छन् । यस म्युजिक भिडियोलाई संचारकर्मी सुर्य चन्दले निर्देशन गरेका छन् l

नृत्य निर्देशक तथा कोरियोग्राफर राजन शाहीले नृत्य निर्देशन गरेको यस म्युजिक भिडियोलाई सोहन मानन्धरले छायांकन गरेका हुन् l
मोडल संजय राज बिक्रम, बिपना श्रेष्ठ, सुष्मा कार्की तथा गायक सन्जिब बस्नेतको बेजोड अभिनय रहेको यस म्युजिक भिडियो चाडैनै नेपालि सांगीतिक बजारमा आउने भएको छ l

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here