पुष ३ काठमाण्डौ | गायिका अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। अन्जु पन्तकै अफिसियल युट्युबमार्फत् सार्वजनिक गरिएको ‘तिमीलाई माया गर्छु’ बोलको गीतमा टेक तामाङको शब्द तथा अजुर्न पोखरेलको संगीत रहेको छ। शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायिका पन्त आफैँ फिचर भएकी छन्। राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अनिल के. मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ। हेर्नुहोस् भिडियो :