गायिका देशु गोलेको तिमि संग बोल्दैमा गीतको भिडियो सार्वजनिक भएको छ |

0
791

काठमाण्डौ ! प्रवासमा रहेर पनि नेपालि गीत संगीतलाई मायाँ गर्ने गायिका देशु गोलेले( तिमि संग बोल्दैमा) गीतको म्युजिक भिडियो मार्फत फेरी दर्शक माझ झुल्किएकी छन् ! बेलायतमा बस्दै आएकी उनले भर्खरै यो नयाँ म्युजिक भिडियो सार्वजनीक गरेकी हुन् भने सोहि गीतलाई चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत गरेका छन् ! र यस गीतमा नायिका अनु शाहको र जीवन भटराईको अभिनय रहेको छ ,यस भिडियोलाई पासाङ योञ्जन लामाले निर्देशन गरेका छन् , यस भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् ! यस गीतको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन् ! गायिका देशुले केहि महिना अघि मात्रै (यो दिलको राज्जा) बोलको गीत सार्वजनीक गरेकी थिइन् , दिलको राजा लाइ जस्तै यो गीतलाई पनि दर्शक स्रोताले मन्पराइदिनु हुन्छ भन्ने आशा लिएको बताउँछिन् गायिका देशु , अहिले यो गीत युट्युबमा चर्चा कमाइरहेको साथै, म जहाँ भएपनि म नेपालि गीत संगीतलाई सँधै मायाँ गरिरहनेछु, भन्छिन गायिका देशु गोले !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here