गायिका द्वय रुची घिमिरे र सुजाता केसी’को तीज गीत (रातो सारी) चर्चामा : भिडियो हेरौं |

0
2251

भाद्र ८ काठमाण्डौ | नेपाली नारीहरुको महान चाड हरीतालिका तीज नजिकिंदै गर्दा नेपाली गीत सांगीतिक फाँटमा नयाँनयाँ तीज गीत सार्वजनिक हुने क्रम बढेको छ | नयाँ देखि पुराना गायक गायिकाले रमाइला देखि मनै रुवाउने तीज गीत सार्वजनीक गरेका छन् |
यसै क्रममा गायिका रुचि घिमिरे र गायिका सुजाता केसी’ले संयुक्त रुपमा (रातो सारी) रमाइलो तीज गीत बजारमा ल्याएका छन् |

बिगत १५ बर्ष देखि नेपाली गीत संगीत क्षेत्रमा अनवरत रुपमा लागि परेकी गायिका रुचीले आधुनिक, लोक पप ,पप, फिल्मी गीत गाइसकेकी छिन् भने ,गायिका सुजाता केसीले पनि लोक, आधुनिक, लोक पप, विभिन्न विधाका गीत बर्षेनी गाउँदै आइरहेकी छन् |

अहिले उनै गायिका द्वय रुची र सुजाता’ले गीतकार बीबी थापाको शब्द ,दिपक रमण’को संगीतमा (रातो सारी) तीज गीत बजारमा ल्याएका हुन् | गीतको भिडियोमा दिपक रमण’को निर्देशन बिरेन्द्र भाट बिपिन’को छायांकन ,किरण गिरी’को सम्पादन रहेको छ भने, गीतको भिडियोमा गायिका रुची घिमिरे ,गायिका सुजाता केसी र साथीहरुको अभिनय तथा नृत्य रहेको छ |

उक्त गीतको भिडियोलाई ह्वाइट पिगन मिडियाले पोष्ट प्रोडक्सन गरेको छ | साथै गीतको भिडियोमा राजकुमार महर्जन”को लगानी रहेको छ | ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here