चैत ६ काठमाण्डौ ! धेरै गायक गायिका हरुले आफ्ना लागि र माया प्रेमका गीत गाउँछन् कोइकोइ गायक गायिका मात्र हुन्छन जो आफ्नो लगानी र मेहनत खर्च गरेर अरुको लागि गीत गाउँछन् ! अरुको निम्ति गीत समर्पण गर्छन ! त्यस्तै केहि समय अगाडी आफ्नो बुवाको रियल कथामा आधारीत गीत बनाइ गाएर भिडियो समेत सार्वजनिक गरेकी गायिका नानुले अहिले दुवै किड्नी फेल भई उपचारको क्रममा रहेकी गायिका जलजला परियारको निम्ति उनलाई डेडीकेट गर्दै उनकै जीवनको कथालाई समेटी र उनलाई जोश र उर्जा मिलोस भन्ने हेतुले जलजला तिमि सबकी प्यारी हौ भन्ने गीत भर्खर सार्वजनिक गरेकी छिन् ! उनि भन्छिन यो गीत मैले म आफु पनि संगीतकि बिद्यार्थी भएको नाताले उनि बिरामी हुँदा मैले आफ्नो मनलाई थाम्न नसकी र उनि बिरामी भएकोले उनका परिवार आफ़ान्त अझ भनौ संगीत प्रेमीले उनलाई ठिक होस् भनि प्रार्थना गरीरहेका बेला बिरामी भएकी गायिका जलजलालाइ मेरो गीतले भएपनि उनमा जोश जाँगर र हौशला मिलोस भन्ने हेतुले मैले यो गीत गरेकी हुँ . मैले म चर्चामा आउँछु भनेर गरेकी होइन भनिन ! उक्त गीतको शब्द पनि गायिका नानुलेनै लेखिकी हुन् भने ,संगीत एरेंजे धिरज श्रेष्ठको रहेको छ ! सो गीत उनकै आवाजमा सुन्न सकिन्छ भने, भिडियोमा गायिका नानुकै कन्सेप्ट रहेको छ , भिडियोलाई नबिन सुनुवार मोहनले सम्पादन गरेका छन् !