गायिका नानु परियारको मर्मस्पर्शी गीत प्यारो बाबा को म्युजिक भिडियो सार्बजनिक |

0
2225

काठमाडौँ | नव प्रतिभा मधुर स्वरकि धनि गायिका नानु परियारको प्यारो बाबा बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ ! मेरो पहिलो सांगेतिक पढाब मेरो जन्म दिने बाबा र कर्म दिने बाबा प्रति समर्पित गरेकी हुं भनछिन गायिका नानु परियार ! यो मेरो गीतमा मेरो रियल आत्मा कथा प्रस्तुत गरेकी छु ! सबैले माया पिरतीका गीत गाउँछन् तर मेरो पहिलो गीत भने बाबा प्रति समर्पित छ ! सानै देखि गीत गाउने रहर मेरो तर मेरो दुख; र पीडाले गर्दा निरन्तरता दिन पाइन ! म सानै हुँदा मलाई जन्म दिने बुवा हामीलाई छोडेर जानुभो मामु को पनि स्थिति ठिक भएन घर को हालत पनि ठिक रहेन त्यो पिडा को समयमा मेरो जिबनमा मलाई कर्म दिने बाबा डि. बि परियार भेट हुनु भयो र मलाई कर्म वहाँलेनै दिनु भयो ! र पछि मेरो जन्म दिने मामुलाई पनि भेटे मेरो भाग्य भाग्य भन्नु पर्छ ! आँखाम़ा आँशु लिंदै भनिन गायिका नानुले, मलाई कर्म दिने बाबा डि; बि परियार वहाँ नै मेरो लागि भगवान हुनुन्छ ! त्यही रियल आत्म कथालाई मैले यस विडियोम़ा समाबेश गरेकी छु ! र यो गीत को शब्द मेरो आफ्नै हो भने यसलाई ऐलेका चर्चित संगीतकार तथा गायक पुस्कर सुनुवारले संगीत एरेञ्ज गर्नु भएको छ ! र यस गीत को विडियो लाइ डिरेक्सन गर्ने काम भने शंकर अधिकारी घायलको रहेको छ ! र यसमा अभिनय अनु राइ, मोहन निरौला, माया गिरि, सौरभ बरवा, को राम्रो अभिनय रहेको छ ! र यस विडियो लाई छायांकन गर्ने काम अजय रेग्मी को रहेको छ ! र विडियो लाई सम्पादन गर्ने काम नबिन सुनुवारले गरेका छन् ! यस भिडियोलाई काठमाडौँ को रमणीय ठाउं सुन्दरीजलम़ा छायांकन गरिएको थियो ! यस भिडियो लाई सन्ध्या म्युजिकले बजारमा ल्याएको छ ! भन्दै उनले थपिन संगीत मेरो रग रगम़ा छ ! अब भने संगीतलाई निरन्तरता दिनेछु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here