गायिका नुना सुनुवारको सुनुवार भाषाको पहिलो आधुनिक गिती एल्बम ‘ब्लाशो थुँ’ बिमोचन सम्पन्न:भिडियो सहित |

0
1024

भाद्र ३१ काठमाण्डौ | नुना सुनुवारको पहिलो कोईच सुनुवार मातृ भाषाको आधुनिक गिती एल्बम’ ब्लाशो थुँ’ सार्वजनीक भएको छ । बौेद्ध अवस्थीत कोईच क्याफेमा लोकार्पन कार्यक्रमको आयोजना गरेर सुनुवार भाषाको गित समेटिएको उक्त एल्बम सार्वजनीक गरिएको हो ।

गायीका नुनाले कार्यक्रममा बोल्दै सुनुवार भाषाको उक्त एल्बममा ६ वटा गित समाबेस गरिएको जानकारी गराउँनु भएको छ । आफ्नो भाषा संस्कृती जर्गेना गर्ने उद्देश्यले आफुले यो पहिलो प्रयास थालेको उहाँको भनाई छ । वैदेशिक रोजगारको शिलसिलामा दुबैमा रहँदै आएकी नुनाले उक्त एलबम विमोचनका लागी मात्र नेपाल आएको पनि जानकारी गराउँनु भयो ।

एल्बममा उल्यखीत ६ वटा गित मध्य ४ वटा गित उहाँ आफैले रचना गर्नु भएको छ भने २ वटा गितमा आवाज पनि दिनु भएको छ । अन्य दुई वटा गितमा समिर सुनुवारको रचना रहेको छ भने निसा सुनुवार, जिवन सुनुवार, महेश सुनुवार र पुष्कर सुनुवारले एक—एक गितमा आवाज दिनु भएको छ ।

सुनुवार कलाकारहरुको विषेश सहभागिता रहेको उक्त कार्यक्रम आदीवासी जनजाती चलचीत्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अथिती अमृतले सुनुवारहरुको भाषा संस्कृतमा जगेर्ना गर्ने गित संगित सृजना हुनु एउटा गतिलो माध्यम रहको बताउँनु भयो । उहाँले आफुहरुले रेडियो कार्यक्रम सञ्चालन गर्दा त्यो समयमा आफ्नो भाषाको एकदम थोरै गित संगित मात्र रहेको कुरालाई स्मरण गर्दै यो गिती एल्बम आएकोमा खुसी व्यक्त गर्नु भयो । सुनुवार भाषाको गितहरु अन्य भाषाको तुलनामा कम भै रहँदा नुनाको यो एल्बमले अर्को इट्टा थपेकोमा यसको सफल्ताको लागी शुभकामना समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रमुख सल्लाहाकार सामुयल सुनुवारले बोल्दै एल्बमाबारे जानकारी गराउँनु भएको थियो । नुना र आफुले कलाकार तथा सल्लाहकारहरुको सहयोगमा निक्कै मेहनतका साथ उक्त एल्बम निकालेको बताउँनु भयो । सबै जनाको सहयोग र साथ अझै निरन्तर रहे सुनुवार पहिचान तथा संस्कृती जर्गेनाका लागी यस्तो प्रयास सदैब जारी राख्ने समेत प्रतिवदता जनाउँनु भयो ।

कार्यक्रममा विषेश सल्लाहकार समिर मुखिया, एल्बमा संगितकार तथा गायक पुस्कर सुनुवार, गायीका निसा सुनुवार, गायक महेश सुनुवार, गायक जिवन सुनुवार लगायत अन्य कलाकारहरुको बाक्लो उपस्थीत रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here