गायिका रजिना रिमाल र उनका व्यवसायी श्रीमान विनोद श्रेष्ठलाई कोरोना संक्रमण

0
125

सुमधुर स्वरकी धनी गायिका रजिना रिमाल र उनका व्यवसायी श्रीमान विनोद श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।

आईतबार मध्य रातमा आफू र श्रीमान विनोदको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिदै उनले पछिल्लो एक हप्ता देखि आफूहरुसँग सम्पर्कमा आएका सवै व्यक्तित्वलाई सुरक्षित रहन र आसोलेशनमा बस्न आग्रह गरेकी छिन् ।

एक छोराकी आमा समेत बनिसकेकी रजिनाको बर्ष दिनको सानो छोरालाई भने हाल सम्म कुनै लक्षण नदेखिएको रजिनाले न्यूज फिल्मीलाई जानकारी दिएकी छिन् । बाबुलाई माईतीमा छाडेका थियौँ अब उसको पनि भोलि बिहान चेक गछौँ । मध्यरातमा प्रतिक्रिया दिदै रजिनाले भनेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here