बैशाख १४ काठमाण्डौ । गायिका रन्जिता थापा र दिप सागर थापा मगर (नेपाल प्यारो छ) बोलको गीतको भिडियो आज बागबजार स्थित हेल्लो क्याफेमा सार्वजनिक सहित उक्त गीतको अडियो भिडियोको बिमोचन विशिष्ट संगीतकर्मी कलाकर्मी मिडियाकर्मी बीच भव्यताका साथ् सम्पन्न भएको थियो । उक्त बिमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा माओबादि केन्द्रका अध्यक्ष नारायण काजि श्रेष्ठ, विशिष्ट अतिथिको रुपमा चर्चित बरिष्ठ अतिथि गीतकार डाक्टर कृष्णहरी बराल तथा ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ ज्योति प्रकाशको पनि उपस्थिति रहेको थियो । त्यसै गरी (नेपाल प्यारो लाग्छ ) गीतलाई सुमन बैरागीले रचना गर्नु भएको हो , उक्त गीतको भिडियोलाई चित्र मास्की मगरले निर्देशन गरेका छन् भने, गीतको भिडियोलाई रबिन बिक:ले सम्पादन गरेका हुन् ,उक्त भिडियोलाई दुर्गा पौडेल, मनोज चौहान, माधब पाण्डेले छायांकन गरेका हुन् । भिडियोको गीतमा अभिनय पनि दिपसागर थापा मगर र रन्जिता थापाको अभिनय रहेको छ । गीतमा संगीत गायक दिप सागरको रहेको छ भने, गीतमा गायिका रन्जिता थापा र गायक दिप सागरको आवाज रहेको छ । उक्त बिमोचन कार्यक्रममा ललित कलाका प्राज्ञ ज्योति प्रकाशले शुभकमान मन्तब्य दिनु भएको थियो । अन्तमा उक्त गीतको समिक्ष्या गीतकार डाक्टर कृष्ण हरी बरालले गर्नु भएको थियो ।कार्यक्रममा माओबादि केन्द्रका अध्यक्ष नारायण काजि श्रेष्ठको सुभकामना संगै कार्यक्रमको बिसर्जन गरीएको थियो भने,गीतको भिडियोलाई दिप ईन्टर टेनमेन्टले बजारमा ल्याएको छ ।