गायिका सञ्जिता श्रेष्ठ र गायक कमल सुशान्त केसीको “ग्यारेन्टी सुन भो मलाई चाइएन” गीत सार्वजनिक : भिडियो |

0
562

भाद्र ६ काठमाण्डौ | गायिका सञ्जिता श्रेष्ठ र गायक कमल सुशान्त केसीको आफ्नै लय तथा स्वरमा रहेको मौलिक भाकामा आधारित रहेर तयार पारिएको नेपाली नारीहरुको महान पर्व तिजको अवसरमा रोलोश्ना म्युजिक प्रालीको प्रस्तुतिमा सञ्जिता श्रेष्ठको तिजको कोशेली“ ग्यारेन्टी सुन भो मलाई चाइएन” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा जिवनका भोगाई कृष्ण थापा वियोगीले लेखेका हुन ।

अहिले तीज को गीतको नाममा संस्कृतिनै बिकृत बनाउने खालका गीतहरु बजारमा आएका छन । मौलिक सिर्जनालाई बजारमा ल्याएर पर्वमा उत्साह थप्नको लागी आफुले यसपाली ग्यारेन्टी सुन भो मलाई चाइएन” ल्याएको सञ्चिताले बताईन ।प्रकाश खड्काको छायाँकन ,राजेश कुमारको सम्पादन ,तथा विक्रम चौहानको निर्देशनमा रहेको गीतमा टिका जौशी र पार्थ रानाको अभिनय गीतको भिडियोमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here