गायिका सम्झना भण्डारी र हेमन्त कान्छा रसाइलीको तीज गीत “बैनी नाचिन” भिडियो सार्बजनिक

0
217

प्राप्ति पौडेल-काठमाडौं नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै प्रतिभासाली गायिका सम्झना भण्डारीको उत्कृष्ट तीज कोशेली “बैनी नाचिन” सार्बजनिक भएको छ । जसमा आवाज भने सम्झना भण्डारी र हेमन्त कान्छा रसाइलीको रहेको छ ।

उक्त गीतको लय हेमन्त कान्छा रसाइलीको छ भने शब्द सपना रसाइलीको रहेको छ। गीतको म्युजिक भिडियोमा अभिनय भने सम्झना भण्डारी,अस्मिता भण्डारी,रेशम फिरिरी र हेमन्त कान्छाको रहेको छ। नवराज उप्रेतीको छायांकन र शिव बिकको निर्देशन रहेको भिडियोको सम्पादन भने पदम सुबेदी र कलर मिलन बिकले गरेका हुन्। उक्त गीतलाई पृथ्वी इन्टरटेनमेन्टको युटुब मार्फत हेर्न र सुन्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here