गायिका सहिमा श्रेष्ठले जन्मदिनको अवसर पारेर आफ्नो नयाँ गीत सार्वजनिक गरेकी छिन् ।

0
938

मंगलबार काठमाडौँमा केक काट्दै उनले उनले आफ्नो गीत सार्वजनिक गरेकी हुन् ।
किरण केसीको शब्द र दिपक शर्माको संगीत समावेश ‘कुनै दिन’ बोलको गीतलाई सहिमाकै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा फिल्म मंगलमबाट चर्चामा रहेको जोडी पुष्प खड्का र अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको छ ।

संगीतकार शर्मा कै निर्देशनमा तयार भएको गीतमा ज्ञानेन्द्र शर्माले छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ । गीत सार्वजनिक कार्यक्रममा उपस्थित गायक राजनराज सिवाकोटी, वरिष्ठ पत्रकार शान्ति प्रिय, कलाकार निर्मल शर्मा लगायतले सहिमालाई जन्मदिनको शुभकामना दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here