गायिका सुनिता थेगिमको “हल्कारा बतासले.. म्युजिक भिडियो सार्बजनिक

0
1601

नेपाली साङ्गितिक क्षेत्रमा आफ्नो सुमधुर आवाज मार्फत कलिलो उमेरमै लोकपृय गायिकाको रुपमा स्थापित सुनिता थेगिम लिम्बूको अर्को नया गित “हल्कारा बतासले… ” को म्युजिक भिडियो सार्बजनिक भएको छ, जस्मा गायिका सुनिता थेगिम आफैले अभिनय समेत गरेको छिन । यस गितमा कबि तथा साहित्यकार प्रतिमा पाठकको शब्दमा (सातदोबाटो स्थित अलग आर्ट हबका सन्चालक सङ्गीत गुरु) सङ्गितकार मन्डल साम्पाङको एक्दमै उत्कृस्ट कम्पोज रहेको छ भने सङ्गीत सम्योजन चन्द सिंहको रहेको छ ।
यो गित अहिलेसम्म आफुले गाएको गितहरु मध्य आफैलाइ पनि एक्दमै मन परेको गित भएकोले गर्दा नै यस गितको भिडियोमा आफैले अभिनय गरेको सुनिताले बताइन । अब गायन सङ्गै अभिनयमा पनि जम्ने सुर छ कि ? भन्ने प्रश्नको जवाफ दिदै उन्ले भनिन ” यस गितको शब्द, सङ्गीत र एरेन्ज एक्दम मीठो र सबैको मन छुने खालको छ , त्यसैले पनि आफैले गितको भाबमा डुबेर अभिनय गर्न मन लाग्यो र डाइरेक्टर आफ्नै दिदी रोजा लिम्बू भएकोले गर्दा अभिनय गर्दा त्यस्तो गाह्रो महसुस भएन। जतिले हेर्नुभयो वहाहरुले भिडियो एक्दम मन पराउनुभएको छ । यस्को बिशेस श्रेय सङ्गितकार मन्डल साम्पाङलाइ जान्छ त्यसै गरि गितकार प्रतिमा पाठक लगायत अलग अभियान टिमलाइ विशेष धन्यबाद दिन चाहन्छु । ”
यु ट्युब मार्फत सार्बजनिक भएको यस गितको भिडियोलाइ रोजा लिम्बुले निर्देशन गरेका हुन । क्यामेरा र एडिटमा मेघराज मङराती छन भने सहयोगीहरुमा सीता लिम्बू भुपेन राई सबिना लिम्बू रहेका छन ।
भिडियो –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here