गीतकार तथा संगीतकार बालकुमार गुरुङ ( बालकको ) सुर सुगन्ध एल्बम बिमोचन सम्पन्न भएको छ !

0
1505

पुष ७ शुक्रबार काठमाण्डौ ! गीतकार संघ नेपालको आयोजनामा गीतकार बालकुमार गुरुङ को एल्बम सुर सुगन्ध को नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एल्बम बिमोचन समारोह भव्यताका साथ् सम्पन्न भएको हो ! बोमोचन कार्यक्रमममा प्रमुख अतिथि तथा गीतकार यादब खरेल , बरिष्ट गीतकार राजेन्द्र थापा ,संगीतकार बुलु मुकारुङ,,गीतकार संघका अध्यक्ष चुडामणि देवकोटाले समग्रमा एल्बम सुर सुगन्धको बिमोचन गर्नुभएको थियो ! उक्त समारोहमा स्वागत मन्तब्य गीतकार संघका उपाध्यक्ष भरत बम्जनले

गर्नु भएको थियो ! सोहि कार्यक्रममा एल्बमको समिक्षा भने बरिष्ठ गीतकार राजेन्द्र थापाले गर्नु भएको थियो ! सो कार्यक्रमामा संगीतकार संघका अध्यक्ष लक्ष्मन शेष ,बरिष्ठ संगीतकार राजु शिंह , बिन्दबसिनी फाउन्डेसनका अध्यक्ष सुवाष रेग्मी , र सोहि एल्बमका गायक दिपक खरेल , गायक राजेश पायल राई ,स्वरुपराज आचार्य ,सत्यराज आचार्य ,मेलिनासा राइ गायक गायिकाको पनि उपस्थिति रहेको थियो ! र सो कार्यक्रममा १ गीत ( म त माया) बोलको गीतको भिडियो पनि प्रस्तुत गरिएको थियो !

एल्बम सुर सुगन्धमा जम्मा जम्मी ६ गीत समाबेश गरिएको छ भने , एल्बमको ६ गीत मध्ये ४ गीतमा बालकुमार गुरुङकै संगीत रहेको छ भने, शब्द ६ वटै बालकुमार गुरुङ्को रहेको छ ! एल्बमका गीतहरुमा गायक दिपक खरेल , स्वरुपराज आचार्य , सत्यराज आचार्य , युबराज गुरुङ , राजेशपायल राई , र मेलिना राइले आवाज दिएका हुन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here