गीतकार प्रतिमा गुरुङको‘बिस्तारै बिस्तारै’ नयाँ गीतको भिडियो आउन केहि दिन बाँकी……

0
95

आमा ओ मेरी आमा’ गीतबाट चर्चामा आउनुभएकी गीतकार समाजसेवी प्रतिमा गुरुङको शब्दमा ‘बिस्तारै बिस्तारै’ नयाँ गीतको भिडियो’को छायांकन सम्पन्न भएको छ ।

गीतलाई गायक संगीतकार चिरन्जीवीको संगीतमा चर्चित गायिका मेलिना राई र गायक चिरन्जीवी’ स्वयमले को गाएका छन् । गीतकार प्रतिमा गुरुङ परदेशमा रहेर पनि नेपाली गीत संगीतलाई अत्यधिक माया गर्ने गीतकार तथा समाजसेवी हुन् ।

(बिस्तारै बिस्तारै) गीतको भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका छन् भने’ उत्सव दाहालले छायांकन गरेका छन् । भिडियोमा गायक संगीतकार चिरन्जीवी भण्डारी र जेबिका कार्कीले अभिनय गरेका छन् । अहिले उक्त भिडियोको धमाधम सम्पादन कार्य भैरहेको छ। गीतको भिडियो माया प्रेममा आधारित छ।

साथै यो गीतको भिडियोलाई धेरैले प्रतिक्षा गर्नु भएको छ गायिका मेलिना राईले गाउँदै गरेको केहि सानो क्लिप हामीले फेसबुकमा लाईभ गरेका थियौं त्यतिबेलानै धेरै दर्शक स्रोताले यसको भिडियो छिट्टै हेर्न पाउनु पर्छ भन्नु भएको थियो त्यसैले पनि हामीले राम्रो भिडियो निर्माण गरेका छौं हेरौं अब केहि दिनमा दर्शक स्रोताको अगाडी पस्कंछौँ दर्शक स्रोताहरुलाई कस्तो लाग्छ । भन्छिन गीतकार समाजसेवी प्रतिमा गुरुङ ।

केहि समय पहिला प्रतिमा गुरुङ्को रचनामा बजारमा आएको गीत (आमा ओ मेरी आमा)  गीत बिन्ध्यबासीनी म्युजिक अवार्डमा गीतकार तर्फ सर्बोत्कृष्ट टप ५ मा परेको थियो । गीतकार प्रतिमा गुरुङ भन्नुहुन्छ मैले केहि समय पहिला संसारका प्रत्येक आमालाई समर्पण गर्दै ‘आमा ओ मेरी आमा’ बोलको गीतको भिडियो बजारमा ल्याएँ भने, अब हरेक सच्चा प्रेमी र प्रेमिका हरुलाई डेडीकेट गर्दै यो प्रेम गीत ‘बिस्तारै बिस्तारै’ गीतको भिडियो  बजारमा ल्याउन लागेकी हुँ ।

प्रतिमा गुरुङको गजल, लोक, आधुनिक गीतहरु पनि क्रमश बजारमा आउने क्रममा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here