बिगत केहि समय देखि गीत संगीत क्षेत्रमा पाइला बढाई रहेका गीतकार संजय दाहाल मायाँ गर्छु भन्ने गीतको भिडियो मार्फत दर्शक स्रोता माझ आएका छन् । यस गीतका रचनाकार गीतकार संजय दाहाल हुन् भने, यस गीतलाई अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत गरेका छन् । गीतलाई चर्चित गायिका अन्जु पन्तले स्वर दिएकी छन् अन्जु पन्त संगै मेल आवाजमा विजय परियार स्वर दिएका छन् । गीतको भिडियोमा बिक्रम र सायाले अभिनय गरेका छन् । गीतको भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन् त्यसै गरी गीतको भिडियोलाई मुकेश हुमागाईंको टिमले खिचेको छ । भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् गीतको अडियो भिडियोमा गीतकार संजय दाहालको लगानी रहेको छ ।यस गीतको भिडियो मुजिक नेपालबाट अपलोड भएको छ, गीतको भिडियोलाई टाईम्स म्युजिक प्रालिले बजारमा ल्याएको छ । अहिले सो गीतको भिडियो यु ट्युबमा चर्चामा छ ! भिडियो हेर्नुस