गुण्डानाइके मनाङ्गे थुनामुक्त भएका छन् |

0
490

काठमाडौं । ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका गुण्डानाइके (दीपक मनाङ्गे) भन्ने राजीब गुरुङ आज (बिहीबार) थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले मनाङ्गेलाई थुनामुक्त गर्न आदेश दिएसँगै थुनामुक्त भएका हुन् ।

मनाङबाट प्रदेशसभा निर्वाचनमा विजयीसमेत भएका मनाङ्गेलाई बैशाख ७ गते काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो । मनाङ्गेलाई स्वयम्भूबाट पक्राउ गरिएको थियो, भने साथै उनलाई तत्कालीन पुनरावेदन अदालत पाटनले पाँच वर्ष थुनामा राख्न आदेश दिएको थियो ।

मनाङ्गेले पुनरावेदन अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराई धरौटी रकम बुझाएका थिए । त्यसपश्चात सर्वोच्च अदालतले मुलुकी ऐन २०२० को अदालती बन्दोबस्तको महलको १९४ बमोजिम तारेखमा मनाङ्गेलाई छोडिदिन डिल्लीबजार कारागारलाई आदेश गरेको हो । स्रोत 24news |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here