गृहमन्त्री रामबहादुर थापा बादलले, निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई छिट्टै कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे |

0
1247

भाद्र २९ काठमाण्डौ | गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई छिट्टै कानुनको कठघरामा ल्याइने प्रतिवद्धता व्यक्त गरेका छन्। राष्ट्रियसभाको शुक्रबारको बैठकमा समय मागेर उक्त विषय लगायतमा जानकारी दिएका उनले पन्तका बलात्कार र हत्यामा संलग्नलाई छिटोभन्दा छिटो पत्ता लगाउन सरकार प्रतिवद्ध रहेको बताएका हुन्। उनले सरकारले उक्त घटनाको अनुसन्धान गर्नका लागि विभिन्न समिति पठाएको पनि जानकारी दिए।

उनले उच्च स्तरीय छानबिन समिति गठन भएको र प्रहरीको तर्फबाट पनि छानबिन तथा अनुसन्धान समिति पठाइएको बताएका छन्। छानबिनका क्रममा सुरक्षा चुनौती रहेको भन्दै राजीनामा दिएका उच्च स्तरीय समितिका सदस्य वीरेन्द्र केसीको राजीनामा फिर्ता भएको पनि उनले जानकारी दिए। उनले समितिका सदस्यको सुरक्षामा गृह मन्त्रालय दृढ रहेको बताए। कञ्चनुपर घटनाको छानबिन प्रतिवेदन अन्तिम चरणमा पुगेको गृहमन्त्री थापाले जानकारी दिए। उनले भने, ‘उच्च स्तरीय छानबिन समिति काममा रहेको छ।

प्रहरीबाट अन्य समिति पनि पठाएका छौँ। प्रतिवेदन तयार हुने अन्तिम चरणमा रहेको छ।’ उनले सदनले पनि गम्भीर चासो देखाएको र दोषीहरूलाई कानुनको दायरामा ल्याउन गृह मन्त्रालय प्रतिवद्ध रहेको बताए। गृहमन्त्रालय जिम्मेवारीपूर्वक आफ्नो काम गरिरहेको उनको भनाइ थियो। त्यस्तै, उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई बर्दियामा कालो झन्डा देखाएर पक्राउ परेका दाङका राममनोहर यादवको हिरासतमा भएको भनिएको मृत्युबारे पनि गृहमन्त्री थापाले जवाफ दिएका छन्। उने यादवको मृत्यु काठमाडौं शिक्षण अस्पतालमा भएको जानकारी दिए। उनको मृत्यु रोगका कारण भएको जानकारी दिए। राममनोहर यादवलाई उपप्रधानमन्त्री उपेन्द्र यादयवको कार्यकर्ता भेटघाटमा विखण्डनकारी नारा लगाइएको आरोपमा पक्राउ गरेको गृहमन्त्रीले बताए।

राममनोहर सिके राउतको कार्यकर्ता भएको र उनले देशको अखण्डत, नेपालको स्वतन्त्रता, राष्ट्रिय हित विपरीत नारा लगाएकाले राज्य विरुद्धको कसुरमा मुद्दा लगाइएको र उनलाई अदालतबाट ७ दिनको म्याद थपिएको जानकारी पनि दिए। सोही क्रममा उनको बिरामीका कारण भदौ १६ गते शिक्षण अस्पतालमा मृत्यु भएको गृहमन्त्रीको जानकारी दिए।

पत्रकार राजु बस्नेतले प्रतिनिधिसभा सादस्य पम्फा भुसाल र प्रदेशसभा सदस्य राजकाजी महर्जनको अपमान हुनेगरी फोटोसहित जग्गा दलालसँग मिलेको भनेर फोटोसहित समाचार राखेको भनेर उजुरी परेकाले पक्राउ गरिएको गृहमन्त्री थापाले जानकारी दिए। पूर्व राजदूत केशव झाको हत्या, सांसद निरुदेवी पालमाथि भएको हमलालगायतका विषयमा गृहमन्त्रालय अनुसन्धान जारी रहेको गृहमन्त्री थापाले जानकारी गराए।

उनले देशका विभिन्न भागमा प्राकृतिक प्रकोपबाट भएको धनजनको क्षतिबारे पनि जानकारी दिएका थिए। उनले सरकार उद्दार र राहत कार्यमा सक्रिय भएर लागिरहेको जानकारी दिए। जयसिंह महरा जयसिंह महरा राजनीति, अपराध, कला, साहित्य र संस्कृतिमाथि कलम चलाउँछन्। सम्बन्धित समाचार एक वर्षमै गाउँपालिका केन्द्रसहित सबै वडा कार्यालय भवन थाहा संवाददाता
स्रोत thahakhabar.com/news |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here