ग्रीन कार्डको आशामा नायिकाहरु अमेरिकामा बच्चा जन्माउँदै !

0
856

चैत ७ काठमाण्डौ ! नायिका निशा अधिकारीले केहि समय अघि आफु गर्भवती भएको फोटो अमेरिका सार्वजनिक गरेकी थिइन् ! एकताका नेपाली कलाकारहरुको लागि सपनाको शहर मानिने अमेरिका । अमेरिका जानेहरुको चुरीफुरी नै अर्कै हुन्थ्यो । पछि प्राय कलाकारहरु मध्ये धेरैको सपना हुन्छ अमेरिका जाने अमेरिका जाने आउने भएपछि एकताका एकदमै चर्चा हुने गर्थ्यो तर अहिले त्यति चर्चा पहिले को जस्तो हुँदैन। तर अहिले पनि कलाकारको अमेरिका क्रम रोकिएको छैन । ग्रिन कार्डकै लागि भए पनि कतिपय कलाकारहरुले अमेरिका जानको लागि सहि र गलत दुबै बाटो अपनाएका हुन्छन । विशेषत विहे पछि अमेरिका भाग्ने नेपाली कलाकारहरुको लिस्ट लामै छ । नेपालमा विहे गरेर अमेरिका पुग्ने र उतै सन्तान जन्माउनेहरुको पनि कमी छैन ।
अमेरिका पुगेर महिलाहरुले सन्तान जन्माउँदा त्यहाँको नागरिकता पाउने गर्छन् त्यहि लोभले भए पनि कतिपय नेपालि महिला वा नायिका हरु उतै सन्तान जन्माउने सपना देखेका हुन्छन । सन्तानले पाएको नागरिकताको आधारमा परिवार पुरै अमेरिकामा सेटल हुन पाउने व्यवस्थाले गर्दा पनि नेपाली फिल्म क्षेत्रका नायिकाहरु नेपालमा गर्वभती भएर अमेरिका पुगेर बच्चा जन्माउने गरिरहेका छन् । पछिल्लो समय गायिका निशा सुनारले पनि नेपालमा सुटुक्क शंकर बिसीसँग बिहे गरेर अमेरिका पुगीन । अमेरिका पुगेको केही महिनामै उनले त्यहाँ सन्तान जन्माएकी थिईन् । अहिले उनी उतै सेटल भईसकेकी छिन् । यस्तै धेरै नायिकाहरु यस अघिनै अमेरिका पुगेर यो विदेश जाने अभियानमा सहभागी भईसकेका छन् ।
यता क्रिकेटर शरद भेषवाकरसँग विवाह बन्धनमा बाँधिएकी निशा अधिकारीले केही समय अघि मात्रै आफ्नो ईन्ष्टागाममा आफु गर्भवती भएको केही फोटोहरु सार्वजनिक गरेकी थिईन् । पुन उनले अहिले पनि केही फोटोहरु सार्वजनिक गरेकी छिन् । गर्भवती समयमा उनी अमेरिका पुगेर धेरै समय नेपाल नर्फकदा कतै उनी पनि विदेशमै रहने अभियानमा सहभागी हुन लागेकी त हैनन् भन्ने प्रश्न खडा भएको छ । यदि यसो हो भने अब केही दिनमा निशाले आफ्नो सन्तानलाई अमेरिका जन्माउनेछिन् र त्यसपछि उनी उतै सेटल हुनेछिन् । केही समय पछिको धैर्यतापछि यसको वारेमा सबैलाई थाहा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here