घरको छतबाट खसेर एक महिलाको मृत्यु |

0
566

भाद्र १४ काठमाण्डौ | नुवाकोट- घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको छतबाट फोहर फाल्ने क्रममा आज विदुर नगरपालिका–१ ढुङ्गेकी ३० वर्षीया सिर्जना ढुङ्गानाको मृत्यु भएको हो । फोहर सङ्कलन गर्ने गाडी आएपछि उहाँ फोहर फाल्न घरको छतमा चढ्नुभएको थियो ।

छतमा कुर्सीमा चढेर फोहर फाल्न खोज्दा ढुङ्गाना चिप्लिएर सडकमा खस्नु भएको थियो । गम्भीर घाइते उहाँको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक ढुंगाना गत एक वर्षदेखि नुवाकोट जिल्ला अदालतमा तामिलदार पदमा कार्यरत थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here