घोडाघोडी नगरपालिका प्रमुखको आक्रमणको बिरोधमा सुक्खड बजार बन्द !

0
1073

फागुन २९ काठमाण्डौ !घोडा घोडी नगरपालिका प्रमुख ममता प्रसाद चौधरीमाथि आक्रमण गरेको बिरोधमा पश्चिम कैलालीको सुक्खड बजार अनिश्चितकालिन बन्द गरिएको छ ! आक्रमण कारिको पहिचान गरी कडा कार्यवाहीको माग गर्दै युवा संघ नगरले घोडाघोडी बन्द गरेको हो ! युवा संघले आक्रमण गर्नेलाई ततकाल पक्राउ गरी कडा सजाय दिन प्रहरीलाई दवाब दिएको छ !अनेरास्ववियु कैलाली जिल्ला सदस्य सनेश शाहीले जानकारी दिए ! बन्द लगत्तै पुर्वपश्चिम राजमार्ग सुक्खड बजार पूर्ण रुपमा प्रभावित भएको छ ! सोमबार राति मेयर चौधरीलाई घरमै बसिरहेको अवस्थामा गोलि र खुकुरी प्रहार गरी ज्यान मार्ने कोसिस गरिएको थियो भने गम्भीर घाइते भएका मेयर अहिले उपचारका क्रममा काठमाण्डौमा छन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here