चमत्कारी भन्दै त्यहाँका गाउँलेहरु कोब्राको पूजा गर्न थाले

0
577

काठमाडौ

हिन्दु धर्ममा सर्पलाई विशेष महत्वको साथ हेर्ने गरिएको छ । सामान्यतया सर्प भन्ने वित्तिकै हाम्रो आङ सिरिङ्ग हुनेगर्छ। त्यसमाथि कोब्रा सर्पको त कुरै नगरौं । कोब्रा देख्ने वित्तिकै मुटुले ठाउँ नै छोड्न थाल्छ । तर, भारतको कर्नाटकस्थित चिकमंगलुरुको होलमाकी गाउँमा अचम्मको कोब्रा जातिको सर्प देखेपछि गाउँलेको भीड लागेको खबर आएका हो ।

चमत्कारी भन्दै त्यहाँका गाउँलेहरु कोब्राको पूजा आराधना गर्न थाले । समाचारमा बताइएअनुसार शीरमा सुनौलो रङको प्रकाश देखेपछि कोब्रा हर्नेको भीड लागेको थियो ।

अहिले भारतका सोसल मिडियामा उक्त सर्पको भीडीयो भाइरल बनाइएको छ । भीडीयोमा सर्प नजिकै एउटा कुकुर भुक्दै गरेको छ भने सर्पको टाउकोमा चम्किलो प्रकाश आइरहेको दृश्य देख्न सक्ने छन् ।
समाचारका अनुसार होलमाकी गाउँका स्थानीय अविनाशको कुकुर खेतमा गएर अचानक भुक्न थाल्यो । खेतमा गाईवस्तु आएको भन्दै अविनाश खेततिर गए । त्यहाँ उनले कोब्रा जातको अनौठो सर्प देखिएको थियो ।

उनले सर्पको नजिकै कुकुर भुक्दै गरेको दृश्य कैद गरे । लगत्तै उनले उक्त भीडीयो सोसल मिडियामा सार्वजनिक गरिएको हो ।
तर, सर्प विशेषज्ञका अनुसार त्यहाँ कुनै चमत्कारी नभइ कुनै प्रजातिको सर्पको टाउकोमा प्रकाश देखिने गर्छ । खेतमा आएको सर्पमा पनि त्यही प्रकाशमा देखिए हो । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here