चर्चको शौचालयमा १६ बर्षीय युवतिको बलात्कार |

0
1436

पुष ९१ काठमान्डौ ! चर्चको शौचालयमा शनिबार एक युवतिको बलात्कार भएको छ! बुढानिल्कन्ठस्थित एक चर्चको शौचालयमा बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत महाराजगंजले भंगाल बस्ने नुवाकोट थोरपेक 2 का 22 बर्षीय परीक्षण विकलाई पक्राउ गरेको छ! विकले शनिबार चर्चमा गएकी 16 बर्षीय युवतिको बलात्कार गरेको प्रहरीले जनाएको छ ! शौचालयमा लगेर थुनेर आफुलाई बलात्कार गरेको पिडित युवतिले बताएकी छन ! युवकलाई शनिबार नै पक्राउ गरी जबर्जस्ति करणि मुद्दामा प्रहरीले कार्वाही अगाडी बढाएको छ ! अभियुक्त विकले भने सहमतिमै आफुहरूबिच संबन्ध भएको दाबी गरेका छन ! युबतिले भने अस्विकार गरेकी छन!दुवैजना बिच पहिले देखीनै चिनजान रहेको प्रहरीले जनाएको छ!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here