चर्चित गायक बैकुण्ठ महत र पूर्णकला बिसिको (लैझा रुमाल बैना) देउडा गीतको भिडियो सार्वजनीक !

0
974
फागुन २२ काठमाण्डौ ! लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइ सकेका चर्चित गायक बैकुण्ठ महत र चर्चित गायिका पूर्णकला बिसिको (लैझा रुमाल बैना) बोलको देउडा गीतको म्युजिक भिडियो बजारमा आएको छ ! यस गीतमा गायक बैकुण्ठ महतलाई गायकीमा गायिका पूर्णकला बिसीले साथ दिएकी छन् ! यस गीतमा शब्द संगीत मनोज सिंह धामीको रहेको छ भने, यो गीत देउडा एल्बममा समाबेश छ ! यस गीतलाई दुर्गा पौडेलले छायांकन गरेका छन् भने, गीतको म्युजिक भिडियोलाई लोक दोहोरी क्षेत्रको अभिनयमा र डान्समा किङ्ग मानिएका मोडेल डान्सर शंकर बिसीले निर्देशन गरेका हुन् ! यस गीतको म्युजिक भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन् ! यस गीतमा शंकर बिसी र मालती घलेको रमाइलो अभिनय देख्न पाइन्छ ! यस गीतलाई बिन्दबासिनी म्युजिक प्रालिलेले बजार ब्यबस्थापन गरेको छ ! अहिले यो गीत युट्युबमा चर्चा कमाइरहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here