चर्चित गायक भोजराज न्यौपानेको (तिम्रो पछि) बोलको गीतको भिडियो सार्वजनिक !

0
1571

माघ ७ आइतबार काठमाण्डौ ! गायक भोजराज न्यौपानेले तिम्रो पछि बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् ! दिग्गज धौरालिको शब्द रहेको गीतलाई चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत अरेन्ज गरेका छन् भने ,गायक भोजराज न्यौपानेले आवाज दिएका हुन् ! सो गीतमा नम्रता सापकोटा र कमल सिंह बि गोर्खाली बोयजको रमाइलो नृत्य सहितको अभिनय देख्न पाइन्छ ! गीलाई डिरेक्सन भने शिशिर श्रेष्ठले गरेका हुन् ! सो गीतलाई मुकेश हुमागाईंले छायांकन गरेका छन् ! गीतको म्युजिक भिडियो रमाइलो पाराको बनेको दाबी गर्दछन् गायक भोजराज, यस गीतले यु ट्युबमा र विभिन्न टेलिभिजनमा चर्चा पाउँदा गायक न्यौपाने दङ्ग छन् ! त्यसो त गायक न्यौपाने एक कुशल प्रसिक्षक पनि हुन् , उनि अहिले रुपन्देहीको त्रिभुवन युनाइटेड एकेडेमीमा प्रशिक्षणका रुपमा पनि आबद्ध छन् र रुपन्देहीकै बागेश्वरी संगीतालयमा पनि संगीत प्रशिक्षण गराई रहेका छन्, उनि भनछन् मेरो रग रगमा संगीत बसेको छ ! यस गीतले आफुलाई चर्चामा पुर्याउनेमा गायक भोजराज ढुक्क छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here