पुष १० काठमाण्डौ | नेपाली सुगम संगीतका चर्चित गायक ,गजलकार राज सिग्देलको नयाँ गीत ”अमृत” को म्युजिक भिडियो सार्वजनिक भएको छ। हरि बस्ताकोटीको शब्द र हरि लम्सालको संगीत रहेको ”अमृत”को म्युजिक भिडियोमा राज आफैले अभिनय गरेका छन भने उनलाई अभिनयमा अन्जु चौलागाईले साथ दिएकी छिन।
भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी , बिकास दाहालको सम्पादन र लोमस पौडेलको सहनिर्देशन रहेको छ । युवराज वाइबाको निर्देशन रहेको भिडियोमा मायामा धोका भएपछिको अवस्थालाई देखाउन खोजिएको छ करिब ३५० भन्दा गीत , गजलमा आवाज दिइसकेका नेपालकै चर्चित गजलकार सिग्देलको करिब १०० भन्दा बढी गीत गजलको भिडियो समेत निर्माण भइसकेको छ ।
करिब ५ बर्ष अघिको अत्याधिक हिट गजल ”उ हारेर गइ वा जितेर गइ ”पछि उनका ‘च्वास्स बिझ्ने तिम्रो माया मार्दिम मार्दिम लाग्छ’ लगायत दर्जनौ हिट गजलहरु सर्बाधिक हिट छन। chiranjivi bhandari |