चर्चित गायक राज सिग्देलको झ्यानाकुटी सार्वजनिक ।

0
1018

चैत २७ काठमाण्डौ । हार्मोनियम समातेर गजल गाउने गायकले रमाईला गित गाउन सक्दैनन भन्ने भ्रमलाइ तोडेर । चर्चित गायक राज सिग्देलले बिल्कुलै नयाँ डानसिङ गीत झ्यानाकुटी झ्यांई गीतको भिडियो आफनै youtube च्यानल मार्फत बजारमा ल्याएका छन् । उ जितेर गइ गीत मार्फत चर्चामा आई आफुलाई गायन क्षेत्रमा स्थापित गरेका गायकले यो गीतको भिडियो मार्फत आफुलाई भर्सटाइल गायकको रुपमा आफुलाई प्रुफ पनि गरेका छन् । हुनत उनीले थुप्रै फिल्म हरुमा पनि आफुलाई पार्श्व गायकको रुपमा पनि आफुलाई न उभ्याएका होइननन । एकदम रमाइलो पारामा बनेको झ्यानाकुटी गीतको भिडियोमा भिम फेदी गाईजको रमाइलो अभिनय र डान्स हेर्न पाइन्छ । यस गीतलाई बिष्णु घिमिरेले रचना गरेका हुन् भने ,यस गीतमा संगीत कृष्ण भारद्वाजले गरेका छन् त्यसै गरी यस गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् । गीतको भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् । भिडियोलाई भिडियो निर्देशनमा छुट्टै पहिचान बनाएका निर्देशक युबराज वाइवाले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । यस गीतको भिडियोलाई जनता फिल्मसले पोष्ट प्रोडक्सन गरेको छ । अहिले यो गीतको भिडियो युट्युबमा चर्चामा छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here