माघ ८ सोमबार काठमाण्डौ ! गायक शशांक कंडेलको मेरो आश बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ ! बिकाश भुजेलको शब्द संगीतमा गायक शशांक कंडेलको आवाज दिएका छन् भने यस गीतलाई बिनय केटुले अरेन्ज गरेका छन, यस गीतको भिडियोलाई गायक शशांक कंडेल स्वयमले निर्देशन गरेका छन् भिडियोलाई सम्पादन निशान घिमिरेले गरेका छन् ! यस गीतको भिडियोमा अभिनय गायक शशांक कंडेल स्वयम र शर्भानी पाण्डे कंडेलको रोमान्टिक अभिनय रहेको छ ! त्यसो त गायक कंडेल गायकीमा स्थापित भैसकेका गायक हुन् र उनि आफै म्युजिक भिडियो निर्देशनमा पनि चिरपरिचित भैसकेका छन् ! आफैले गायकी अभिनय र निर्देशन गरेको मेरो आश बोलको गीतको यो म्युजिक भिडियो अहिले युट्युब र विभिन्न टेलिभिजनमा चर्चामा छ ! गायक कंडेल भन्छन,अहिले सम्मका मेरा गीत हरु सबै गायकी होस् या निर्देशन होस, दर्शक स्रोताले मन पराइदिनु भाको छ ,अहिलेको यो गीतको भिडियोमा अभिनय पनि गरेको छु एकदम मेहनत गरेकोछु अरु सबै दर्शक स्रोतामा छोडछु ! खुसि लाग्छ आफुले गरेको कामको रेस्पोन्स राम्रै पाइरहेको छु !