चर्चित गायक सुरज श्रेष्ठ स्टेज कार्यक्रममा ब्यस्त बन्दै !

0
1106

चैत ९ काठमाण्डौ ! धाैलागिरीबाट काठमाण्डौं स्नातक पढ्न आएकाे एक ठिटो गायक सुरज श्रेष्ठ आफ्नो एकडेमिक शिक्षा सङ्सङ्गै म्युजिकको अध्यनपनि आैपचारिकरुपमा २०६१ सालबाट सुरुवात गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तरको पढाई सकेपछि म्युजिकको अध्ययन र साधनालाइ पनि उनले आत्मविश्वासका साथ् अगाडी बढाउँदै उनले २०६९ सालमा पहिलो एल्बम सुर स्रोता माझ ल्याए ! सुर एल्बममा धेरै वरिष्ठ सङ्गीतकमी॔सङग सङ्गत गर्दै सुर एल्बमलाई मुर्तरुप दिएका गायक श्रेष्ठ बरिष्ट संगीतकारहरुको सल्लाह, सुझाब, र आफ्नो साधनाले आजसम्म म्युजिकमा अगाडि बढ्न प्रेरणा मिलेको बताउँछन् । गित संगितमा निरन्तरता र धैर्यताको एकदमै खाचो हुदोरहेछ भन्दै उनले,
पहिलो एल्बमबाटनै दर्शकश्रोता माझ आफूलाई चिनाए । बिभिन्न अवार्डहरुमा नव कलाकारको रुपमा मनोनयनमा पर्न सफल भए गायक श्रेष्ठ ! त्यतिबेला उलने सोंचे सांगीतिक क्षेत्रको पहिलो अध्याय पुरा गरे भनेर गायक श्रेष्ठ खुशी ब्यक्त गर्दै साथै, अझै सांगीतिक क्षेत्रमा चुनौती थपिएको पनि बताउँछन् ! र सांगीतिक क्षेत्रमा संघर्ष गर्ने क्रममा उनि भन्छन, बिस्तारै एल्बमको प्रचलन हट्दै गयो सिंगल ट्रयाक हरु गर्दै आफूलाई निरन्तरता दिदै आएको छु। राज सरगमको शब्दरचना र दिपक शर्मा जीको सङ्गीत रहेको “मुद्दा हालिदिनछु” गीतले अझ मलाई चिनायो। जुन गीत बिभिन्न अवार्डहरुमा मनोनयनमा पर्यो र म्युजिक खबर म्युजिक अवार्ड २०१४ मा बेस्ट पप गायकको अवार्ड प्राप्त गर्न सफल पनि भए।
सुरेश अधिकारी दाईको सङ्गीत रहेको “लाग्दैन निन्द्रा” , राजु सिंह दाईको सङ्गीत रहेको “भुलेऊ कि भुलेकी छैनउ” जुन गितबाट राजु दाईले बिन्दबासीनि बेस्ट कम्पोजर अवार्ड प्राप्त गर्नुभयो ,जसरी सांगीतिक क्षेत्रमा संघर्ष गर्दै छु, त्यसरीनै बिस्तारै सफलता पाउँदा आफुलाई खुशी लागेको छ !
धेरै मेहनत पछि भर्खरै मात्र एउटा नयाँ गीत “कालो कपाल” दर्शकदीर्घाहरूको टेस्ट अनुरूप लिएर आएको छु। बिपिन मर्मको शब्दरचना, उदेश श्रेष्ठको सङ्गीत रहेको छ। यस गीतको म्युजिक भिडियो विभोर पोखरेलजीले निर्देशन, क्यामेरा रोशन श्रेष्ठ र सम्पादन सतिज श्रेष्ठ जीले गर्नु भएको छ। कलाकारमा निशान्त र सोना हुनुहुन्छ। यस गितको बजार ब्यबस्था एशियन म्युजिक कम्पनीले गरेको छ। छोटो समयमानै गित र यसको म्युजिक भिडियो मेकिङगको सर्बत्र चर्चा भैरहेको र हरेक दृष्टिकोणबाट एउटा पर्फेक्ट गित भएको प्रंशम्सा पाउँदा आफुलाई भाग्यमानि पनि ठानेको गायक श्रेष्ठ बताउँछन् ! गायक श्रेष्ठलाइ हाम्रो सन्ध्या टिभीको तर्फबाट अझै सफलताको सुभकामाना छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here