चर्चित गायन रियालिटीशो नेपाल आइडल २ संग अर्को गायन रियालिटीशो द भोइस अफ नेपाल भिडदै ! !

0
689

चैत ६ काठमाण्डौ ! अब नेपाल आइडल २ संग अर्को ठुलो गायन रियालिटी शो द भोइस भिडदै छ ! यो सुन्दा गायनमा भाग लिने गायक हरुमा अन्यौल भएको छ, पहिलो नेपाल आइडल जति चर्चा कमायो त्यति बिबादित पनि बन्यो , र पहिलो नेपाल आइडल बुद्ध लामाले अहिले सम्म कार नपाएको भन्दै आपत्ति जनाएको न्युजले पनि आम सर्व साधारण नेपालीमा नेपाल आइडल प्रति नराम्रो छाप पारेको छ ! पहिलो नेपाल आइडल निर्देशन र निर्माण गर्ने मुख्य टीमले नेपाल आइडल छाडेर उस्तै खाले नयाँ रियालिटी सो ल्याउने भएको छ ।
नेपाल आइडलको पहिलो सिजनका निर्देशक लक्ष्मण पौडेल, प्रस्तोता सुशिल नेपाल र उत्पादन टीममा सहभागी फिरोज तिमल्सिनाले ‘द भ्वाइस अफ नेपाल’ नाममा गायन रियालिटी सो ल्याउन लागेका छन् ।बिश्वको चर्चित रियालिटी सो ‘द भ्वाइस’को नेपाली फ्रेन्चाइजका रुपमा ‘द भ्वाइस अफ नेपाल’ आउन लागेको हो ।यसअगाडि ‘नेपाल आइडल’ निर्देशन गरेका लक्ष्मण पौडेलले यसको निर्देशन गर्दैछन् । प्रलादसिंह ठकुरी एमडी रहेको यो शोमा फिरोज तिमिल्सिना प्रमुख सहायक निर्देशकको रुपमा छन् । ‘नेपाल आइडल’ होस्ट गरेका सुशिल नेपालले यो रियालिटी शो संचालन गर्नेछन् ।
शोमा दीपक श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा निर्णायकको रुपमा रहनेछन् । विजेतालाई ‘भ्वाइस अफ नेशन’ घोषणा गरिनेछ । बिजेताले नगद २५ लाख, नयाँ कार, बीस लाख बराबरको भिडियो एल्बमको संझौता र विश्व भ्रमणको अवसर प्राप्त गर्नेछतन् ।
असारबाट प्रसारण हुने यो रियालिटी सो कुन टीभीमा प्रसारण हुनेछ भन्ने चाहिँ खुलाइएको छैन् ।(स्रोत अनलाइन खबर बाट)
डट टिभीबाट सुरू भएको यो यो रियालिटी सोको पहिलो श्रृङखलाका रूपमा ‘द भ्वाइस अफ हल्यान्ड’ अाएको थियो । त्यसपछि बिश्वभर फैलिएको यो सो अहिलेसम्म भारतसहित बिश्वका १२९ मुलुकमा निर्माण भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here