चर्चित गायिका अमृता लिम्बुले जापानमा दर्शकको मन जित्दै।

0
942

चैत ७ काठमाण्डौ ! नेपाली गीत संगितलाई विश्वसामु चिनाउने उद्देश्यका साथ जापानको सिन्जुमा भएको म्युजिकल नाईट २०१८ मा नेपाली चर्चित संगित क्षेत्रकी तारा गायिका तथा नायिका अमृता लिम्बुले आफ्नो वेजोड प्रस्तुती का धमाका गरेकी छिन् !जापानको सिन्जुमा चैत्र ४ गते भएको म्युजिकल नाईट २०१८ शोमा नेपाली विधाका गीत तथा संगितको माध्यमवाट जापानमा रहेका सम्पूर्ण नेपालीहरुलाई आफ्नो गला र कला प्रस्तुत गरेकी थिईन । कार्यक्रममा गायनका साथमा नृत्य समेत प्रस्तुत गरेकी थिईन । उनको प्रस्तुतीसँगै कार्यक्रममा उपस्थित भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिवहीनिहरुले समेत उनको गायन कलामा झुमेका थिए ।गला र कलाको धनि गायीका तथा नायीका लिम्बुले धेरै गीतहरुमा आफ्नो आवाज प्रस्तुत गरिसेकी छिन् । गायन क्षेत्रमा मात्र नभई अभिनय क्षेत्रमा समेत अव्वल रहेकी लिम्बुले सांगितक क्षेत्रमा जापान मात्र नभई अन्य देशहरुमा आफ्नो प्रस्तुती देखाई सकेकी छिन् । उत्तम श्रेष्ठले आयोजना गरेको कार्यक्रममा मोडेल तथा सिङ्गर दुर्गेस थापाले पनि आफ्नो प्रस्तुती प्रस्तुत गरी कार्यक्रमलाई भब्य वनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here